कुकुर सुचिकृत गर्नुहोस, सुरक्षित रहनु होस: अध्यक्ष शाही
पाेखरा | असार ८, २०८२
पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले कुकुर वडा कार्यालयमा सुचिकृत गरि रेविजको सुई लगाएर सुरक्षित रहन वडावासीलाई आग्रह गर्नुभएको छ ।
सनराईज टोल विकास संस्था पोखरा १७ को दोश्रो बार्षिक साधारण सभाको आज उद्घाटन गर्दै उहाँले वडामा सुचिकृत भएका घरपालुवा कुकुरलाई वडाले निशुल्क रेविजको सुई लगाउने व्यवस्था गरेको जानकारी दिनुभयो ।
वडामा दर्ता शुल्क सय रुपैया लाग्ने गरेको बताउँदै उहाँले सुचिकृत भएका कुकुरलाई ुपशुसेवा केन्द्रमार्पmत रेविजको सुई लगाउदै आएको बताउनुभयो ।
शोखका लागि घरमा पालिएका कुकुरलाई बाटोमा लगेर फोहोर गराउनेलाई कार्वाही गरिने उहाँको भनाइ थियो । पशुसेवा केन्द्र छोरेपाटनमा हालसम्म ५० वटा मात्र घरपालुवा कुकुर दर्ता भएका छन् ।
गत आर्थिक बर्षमा वडाले सञ्चालन गरेको कुकुर दर्ता अभियानबाट ५० वटा घरपालुवा कुकुर दर्ता भएको भएपनि यस बर्ष भने थप नभएको पशुसेवा केन्द्र छोरेपाटनले जनाएको छ ।
सिमित श्रोत र साधनका वावजुद पनि वडाको समग्र विकासमा जुट्दै आएको बताउँदै वडाअध्यक्ष योगीले भन्नुभयो, जनसंख्याको आधारमा सवै भन्दा ठूलो र बसाई सराईको अत्याधिक चाप भएको यस वडावासीका कतिपय अपेक्षा पुरा गर्न सकिएको छैन ।
टोल विकास संस्थाका अध्यक्ष प्राणनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्यव्दय विक्रम गुरुङ, विष्णुमाया थापा, सनराईज आमा समुहका सचिव गंगा प्रधान,सन्दीप पराजुली, अर्जुन बहादुर बराल,लक्ष्मी थापा, महेन्द्र कुँवर लगायतले टोल छिमेकको विकास निर्माणमा संस्थाले खेल्दै आएको भूमिकाका वारेमा प्रकाश पार्नुभएको थियो ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

